कोरोना महामारी पश्चातको परिस्थितिमा प्रत्यक्ष अनलाइन कक्षा संचालन आफैंमा महत्वपूर्ण र तातो बहसको विषय भएर आएको छ । शिक्षाविद् देखि विद्यार्थीसम्म र सरकारदेखि सर्वसाधारणसम्म सबैको चासो यसमा केन्द्रित भइरहेको छ– एकातर्फ धेरै उत्साहको स्वर प्रतिध्वनित भइरहेका छ भने अर्कातर्फ चर्को विरोधका आवाज पनि आउन थालेका छन् । कार्यान्वयनको स्थिति तर्फ हेर्दा सहर केन्द्रित केही निजी शैक्षिक संस्थाले त्यस्ता कक्षा संचालन मात्र गरिरहेका छैनन्, सो अभ्यासमा आफू प्रथम रहेको देखिन भरमग्दुर प्रयास पनि गरिरहेका छन् (हे. विभिन्न समाचार माध्यममा छाएका फलानो विद्यालयमा अनलाइन कक्षा संचालन शिर्षकहरु) ।
केहीले त कक्षा संचालनार्थ निर्देशिका जारी गरिसकेका छन् (हे. त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को विद्युतीय माध्यमबाट गरिने कक्षा संचालन सम्बन्धी निर्देशिका २०७७) । अर्कोतर्फ केही स्थानीय सरकारले अनलाइन कक्षा संचालन सहज परिस्थिति नबनेसम रोक्ने सूचना (हे. पोखरा लेखनाथ महानगरपालिकाले जारी गरेको अनुमति विना अनलाइन कक्षाहरु संचालन नगर्नु नगराउनु) समेत जारी गरिसकेका छन् ।
पूरा आलेखका लागि हेर्नुहोस् : shorturl.at/p0137